तनहुँ। तनहुँ १ मा भएको उपनिर्वाचनमा ५१.७० प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार तनहुँ-१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७५७ मतदाताले मतदान गरेका छन् । जुन कुल मतदाताको ५१.७० प्रतिशत हो।
यो प्रारम्भिक तथ्यांक भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर-१ मा एक लाख २३ हजार ३०५ मतदाता थिए । यहाँ गत मंसिरमा भएको निर्वाचनमा ५४.३६ प्रतिशत अर्थात् ६६ हजार ९६५ खसेको थियो ।


