धनगढी : धनगढीमा आयोजित प्रथम एन.एम.एस.आर.ए फुटसल प्रतियोगिताको उपाधी धनगढी बैकंर्स क्लवले जितेको छ । शनिबार भएको फाइनल खेलमा चाँदी गुरुपलाई ३ २ अन्तरले हराउँदै बैकंर्स क्लव प्रतियोगिताको बिजेता बन्न सफल भएको हो ।
प्रतियोगिताको बिजेता बन्न सफल धनगढी बैकंर्स क्लवले नगद २५ हजार नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उप बिजेता बनेको चाँदी गु्रपले नगद १५ हजार पुरस्कार सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । धनगढी बैकंर्स क्लवका तर्फबाट सर्बोच्च जगं शाह, महेस शाही र जिवन कुमार शाहीले १÷१ गोल गरेका थिए भने, चाँदी गुरुपका सुशिल शाहीले २ गोल फर्काए । प्रतियोगिताको उत्कृष्ट खेलाडी बैकंर्स क्लवकै महेस शाही बने ।
धनगढी बैकंर्स क्लवका कोच शन्तोस केसीले निकै मेहेनतका साथ प्रतियोगिता जित्न सफल भएको बताए । निरन्तर जित निकालिरहने अस्पतालको टिमसंगपनि हामीले जित निकाल्नु त्यती सहज थिएन केसीले भने “टिममा मिलेर खेलेका कारण सबैको मेहेनतले बिजयी हुन सफल भएका छौँ, हामी खुशी छौँ, बैकंर्स क्लव यस्ता हरेक प्रतियोगिताहरुमा सक्दो सहभागीता जनाउने प्रयास गर्ने छ ।”
नेपाल औषधी तथा बिक्रि प्रतिनिधी संघ धनगढी इकाइको आयोजनामा धनगढी स्थित फ्ल्याटल्याण्ड फुटसलमा बैसाख ८ र ९ गते आयोजना भएको फुटसल प्रतियोगितामा कुल १५ टिम सहभागी थिए ।