कञ्चनपुर। कञ्चनपुरमा ज्यान मार्ने मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ५ बनखेतका राजेन्दसिह महरालाई प्रहरीले पक्राउ गरेको हो।
कञ्चनपुर प्रहरीका अनुसार उनलाई घरबाट आज (बुधवार) पक्राउ गरिएको हो। उनलाई जिल्ला अदालत, कञ्चनपुरले ज्यान मार्ने मुद्दामा २ महिना १६ दिन कैद र ८० हजार जरिवाना तोकेको थियो। उनलाई पक्राउ गरेसगैँ सजाय भुक्तानका लागि कञ्चनपुर जिल्ला अदालतमा पेश गराइएको र अदालतबाट निजलाई तोकिएको सजाय भुक्तानको लागी कारागार चलान गरिएको प्रहरीले बताएको छ।