दिल्ली। नेपाली प्रवासी परिवार सुरत गुजरातमा किसन नेपालीको अध्यक्षतामा २२ सदस्यीय समिति गठन गरिएको छ। मङ्गलबार भएको नेपाली प्रवासी परिवार सुरत गुजरात राज्य समितीले नेपालीको अध्यक्षतामा २२ सदस्यीय समिति गठन गरेको छ। समितिको अध्यक्षमा किसन नेपाली,उपाध्यक्षमा गङगा आउजी,केशव नागरी,सचिवमा सन्तोष आउजी,सह– सचिवमा जित आगजी, कोषाध्यक्षमा राजु नागरी चयन भएका छन्।
यस्तै सदस्यहरुमा बिजय सिलाल आउजी, नरेश आउजी, दिनेश परियार, कमल आउजी, बिशाल आउजी, गङगाराम कामी, सुरेश आउजी, शिबराज आउजी, गणेश दमाई, रमेश परियार, शोभित सिलाल आउजी, बलराम परियार, किसन आउजी, बिजय आउजी, हरिश आउजी रहेका छन्। कार्यक्रममा नेपाल परिवार दल सुदूरपश्चिम प्रदेशका संयोजक प्रमुख अथिति खडक नागरी रहेको थिए । विशिष्ट अथित पिस फोर्सका केन्द्रिय सदस्य अजय जैरु शिवराज आउजी, बिरु सिह, बिजय आउजी धर्मेस लगायतको उपस्थिति रहेको थियो।
परिवार दलका सयोजक खडक नागरीले प्रवासमा बस्ने नेपालीहरुको हकअधिकारको लागि यो समितिले अभिभावकको भुमिका खेल्ने बताए । यश समितिले प्रवासी नेपालीहरुलाइ अफ्ट्यारो पर्दा सहयोग गर्ने र प्रवासी समितिले कलाकारहरुलाइ सहयोग गर्ने र प्रवासमा बस्दैका एकदमै दुखि गरिब बालबालिकाहरुलाइ पढ्नको लागि आर्थिक सहयोग गर्ने बताए।
कुनैपनि नेपालीलाई आर्थिक समस्या पर्दा यश समितिले सहयोग गर्ने र नेपालीहरको चाडपर्व नेपाली राष्ट्रिय कलाकार भारतमा ल्याइ समितिको स्रोत बडाउने काम पनि गर्ने बताए । पिस फोर्सका युवा नेता अजय जैरुले पार्टीका बारेमा बताएका थिए । बिशिस्ट अथिति किसन नेपाली ज्युले परिवार दलका सयोजक खडक नागरीलाई धन्यवाद दिदै भारतको गुजरातमा प्रवासी समिति बनाउनको सहयोग गरेकोमा सम्पूर्ण प्रवासीहरुले नेता नागरीलाइ धेरै धेरै खुसि ब्यत्तm गरेका छन् ।