कञ्चनपुर। कञ्चनपुरमा महाकाली नदीमा रोयल्टी संकलनमा अनियमितता भएको भन्दै चक्काजाम गरिएको छ । भीमदत्त नगरपालिकाले नदीजन्य पदार्थको रोयल्टी संकलनमा अनियमितता भएको भन्दै चक्काजाम गरिएको हो।
भीमदत्त नगरपालिकाले महाकालीको नदीजन्य पदार्थको रोयल्टी संकलनमा अनियमितता गरेको भन्दै तटीय क्षेत्रका स्थानीयले सोमबार बिहान चक्काजाम गरेका हुन। वडा नं. ११ का स्थानीयले चौकिसोतामा एक घण्टा चक्काजाम गरेका छन । अनियमितताको विरोधमा यहाँका क्रियाशिल राजनीतिक दलका प्रतिनिधि र स्थानीयले चरणवद्ध विरोध कार्यक्रम गर्ने जनाएका छन् ।
चालु आर्थिक वर्षमा महाकाली नदीको नदीजन्य पदार्थको उत्खननको लागि रोयल्टी संकलन कार्य ठेक्का प्रकृयाबाट नगराई नगरपालिकाले आफै गरिरहेको छ । उक्त रोयल्टी संकलनमा व्यापक अनियमिता भइरहेको, विना छापका रसिद काट्ने, एउटै रसिद बारम्बार प्रयोग भइरहेको आरोप स्थानीयबासीले लगाएका छन ।
पटक पटक आवाज उठाउदा समेत नगरपालिकाले कुनै वास्ता नगरेको भन्दै उनिहरुले चक्काजाम गरेका हुन। अनियमितता नरोकिए चरणवद्ध विरोध कार्यक्रम सञ्चालन गर्ने स्थानीयको भनाई रहेको छ । तटिय क्षेत्र रहेका वडा नं. ११, १२ र १३ का बासिन्दाले नदीजन्य पदार्थ बोकेका गाडीहरुले धुलो उडाउने तर धुलो व्यवस्थापनका लागि पानीको व्यवस्था समेत नगरिएको गुनासो समेत गरेका छन ।