भरतपुर।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेका चालक दिलबहादुर थापा घरको तीन तला माथिबाट खसेर गम्भीर घाइते भएका छन् ।
थापा भरतपुर ११ स्थित लामिछानेकै निवासबाट सोमबार बिहान करिब ४ बजे खसेर घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार घाइते थापाको अहिले भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
उनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । चुनाव प्रचारका क्रममा राती अबेर मात्रै लामिछाने सहित चालक थापा घर आएका थिए । मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ । घरबाट उनी आफै खसे वा कसैले खसायो भन्ने बारेमा भने अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक पण्डितले बताए ।