धनगढी। कैलालीको धनगढी उपमहानरपालीका १३ राजपुरमा आगलागी भएको छ । शनिवार बिहान कैलालीको धनगढी उपमहानरपालीका १३ राजपुरस्थीत राजश्री फुड इण्डष्ट्रिज मिलको भुसामा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउँदका अनुसार ओम प्रकाश अग्रवालले सञ्चालन गरेको राजश्री फुड इण्डष्ट्रिज राइस मिल पछाडी आगलागी भएको हो। धान कुटेको भुसामा आलगागी भएको उनले बताए । स्थानिय बासिन्दा, दमकल र धनगढी उपमहानरपालीका १३ कैलाली गाउँबाट खटिएको प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।
यस्तै शुक्रबार कैलालीको गोदावरी नगरपालिका १२ स्थित ओलानीको एक गोठमा आगलागी भएको छ। आगलागीबाट एक गाई र एक बाख्रा जलेर नष्ट भएका छन्। स्थानीय कालीका टोलकी देउसरी तिरुवाको गोठमा बिजुलीको तार सट हुँदा आगलागी भएको कैलाली प्रहरी जनाएको छ।
।