काठमाण्डौं।सरकारले राना थारु समाजकी पूर्व अध्यक्ष तथा भाषा संरक्षक जीवन रानालाई जनसेवाश्री पदक प्रदान गरेको छ ।
सरकारले राना थारु समुदायको हकहित अधिकार तथा राना भाषाको संरक्षणमा पुर्याएको योगदानको कदर गर्दै रानालाई जनसेवाश्री पदक प्रदान गरेको हो। राष्ट्रपति रामचन्द्र पौडेलले रानालाई नयाँ वर्षको अवसरमा शुक्रवार प्रबल जनसेवा प्रदान गरे ।