धनगढी : राष्ट्रिय गोजुरियो कराते दो संघ कोलमुडा शाखाको उद्घाटन गरिएको छ । राष्ट्रिय गोजुरियो कराते दो संघ नेपाल का नि. प्रमुख प्रशिक्षक एवं केन्द्रिय महासचिव प्रकाश कुमार चन्दले कोलमुडा साखाको उद्घाटन गरेका हुन् । चन्दले राष्ट्रिय गान सहित ब्यानर बाचन गरेर साखाको उद्घाटन गरेका हुन्।
गोदावरी नगरपालिका १२ कोलमुडा साखा उद्घाटन कार्यक्रमका प्रमुख अतिथी समेत रहेका चन्दले ग्रामिण क्षेत्रमापनि कराँते खेलको बिकासका लागी साखा बिस्तारलाई तिब्रता दिएको बताएका छन् । कैलालीमा करिब १५ साखामा कराते प्रशिक्षण भइरहेको बताउँदै चन्दले कोलमुडा साखामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कराँतेबाट स्वँर्ण पदक बिजेता आनन्द कामीले प्रशिक्षण दिइरहेको जानकारी दिए ।
गोदावरी नगरपालिकाका प्रमुख प्रशिक्षक तथा सुदुर पश्चिम खेलकुद परिषदका सदस्य सन्तोष बि.कको सभापतित्वमा आयोजित राष्ट्रिय गोजुरियो कराते दो संघ कोलमुडा शाखाको उद्घाटन कार्यक्रममा राष्ट्रिय गोजुरियो कराते दो संघ नेपाल का केन्द्रिय कोषाध्यक्ष नरेन्द्र ओलि ,राष्ट्रिय गोजुरियो कराते दो संघ नेपाल का सुदुरपश्चिम प्रदेश प्रमुख प्रशिक्षक लाल बहादुर राना, गोदावरी नगरपालिका वडा नम्बर १२ का वडासदस्य गोरे दमाई लगायतको उपस्थिती थियो ।
यस्तै राष्ट्रिय गोजुरियो कराते संघ कंचनपुर जिल्ला प्रमुख प्रशिक्षक तथा नेपाल कराते महासंघ कंचनपुर जिल्ला उपाध्यक्ष नरेन्द्र गुरुङ , नेपाल कराते महासंघ कंचनपुर जिल्ला कोषाध्यक्ष बिन्दु मुक्तान, राष्ट्रिय गोजुरियो कराते दो संघ नेपाल सुदूरपशिम का संस्थापक प्रशिक्षक होम बहादुर गुरुङ, गोदावरी खानेपानी का अध्यक्ष कृष्ण बहादुर बि.कको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन राष्ट्रिय गोजुरियो कराते दो संघ नेपाल कैलालीका प्रमुख प्रशिक्षक तथा नेपाल कराते महासंघ कैलाली जिल्ला कमिटी सचीव तेज नागरीले गरेका थिए ।