धनगढी। कैलालीका बिभिन्न अस्पतालमा कार्यरत डाक्टरहरु बिच मैत्रीपुर्ण फुटबल खेल गरिएको छ। नयाँ बर्षको पुर्वसन्ध्यामा कैलालीका सरकारी र निजी अस्पतालमा कार्यरत डाक्टरहरु बिच मैत्रीपुर्ण फुटबल खेल खेलाइएको आयोजकले जनाएको छ।
एक दिनको मैत्रीपुर्ण फुटबल प्रतियोगितामा नयाँ बर्ष २०८० सालको शुभकामना आदान प्रदान गरिएको थियो । मैत्रीपुर्ण फुटबल खेल आयोजनाले कैलालीका बिभिन्न अस्पतालमा कार्यरत डाक्टरहरु बिच परिचयात्मक र भेटघाटको बातावरण हुने अवसर भएको आयोजकले जनाएको छ । आयोजक माया मेट्रो अस्पतालमा कार्यरत डाक्टर मोहन भट्टराईले टिम ए र टिम बी गरी दुई टिममा १८/ १८ जनालाई र फुटबल खेलमा सहभागी गराइएको बताए। डाक्टरहरु बिच मैत्रीपुर्ण फुटबल खेल टिम ए (सेतो कलर)ले ३-२ गोलले जितेको हो।
दुबै खेलाडीको अँक बराबर भएपछि पेनाल्टी गोल हानीएको थियो। उत्कृष्ठ खेलाडी पारस पन्त भएको आनन्द ऐरले बताए। प्रथम हुने टिम ए लाई नगद २० हजारसहित ट्रफि प्रदान गरिएको आयोजक माया मेट्रो अस्पतालमा कार्यरत डाक्टर भट्टराईले बताए। स्वास्थ्यका लागी खेलकुद भन्ने नारालाई आत्मसाथ गर्दै अन्य युवाहरु जस्तै डाक्टरहरु पनी खेलप्रति इच्छुक छन् भन्ने सन्देश दिन खोजेको उनको भनाई छ।भिडियोसहित हेर्नुहोस् तल
https://www.facebook.com/supamedia01/videos/144702544989400