काठमाडौँ। धुम्बाराहीस्थित ह्याम्स अस्पतालको हेलीप्याडमा अवतरण गर्ने क्रममा एयर डाइनास्टीको हेलिकोप्टरको टेल रोटर (पुच्छरको पंखा) मा क्षति पुगेको छ। एयर डाइनास्टीका एक प्रबन्धकका अनुसार एयर डाइनास्टीको ९ एनएजेडी हेलिकोप्टर ह्याम्स अस्पतालका चिकित्सकसहित उपकरण राखेर बिरामीलाई लिन भरतपुर जाने तयारीमा थियो।
तर अस्पतालको हेलिप्याडमा अवतरणका क्रममा टेल रोटरमा क्षति पुगेपछि उक्त हेलिकोप्टर तत्कालका लागि मर्मत गर्नुपर्ने भएको बताइएको छ। भरतपुरका बिरामीलाई लिनका लागि अर्को कम्पनीको हेलिकोप्टर पठाइएको ती प्रबन्धकले बताए । शनिबार दिउँसो २ बजेको यस घटनामा मानवीय क्षति भने भएको छैन । उक्त हेलिकोप्टर हाल अस्पतालको हेलिप्याडमै राखिएको छ ।


