धनगढी : कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ९ को सरकारी जमिन एक ब्यक्तीले कब्जा गरेका छन् । सोही ठाउँका अर्जुन चौधरीले ४ कठ्ठा जमिन कब्जा गरी निजि संरचना बनाएका छन् । तत्कालिन गदरिया गा.बि.स रहेको सो जमिन चौधरीले कब्जा गरेका हुन् ।
कैलारी गाउँपालिका ९ गदरिया राना गाउँका भलमन्सा पर्शुराम रानाका अनुसार कैलारी गाउँपालिका वडा नम्बर ९ को नाममा रहेको कित्ता नम्बर २१ को १३६० बर्गकिलोमिटर जमिन ब्यक्तीले कब्जा गरेका छन् । तत्कालिन गदरिया गा.बि.स रहेको सो जमिनमा स्थानिय ब्यापारी अर्जुन चौधरीले कब्जा गरी निजि संरचना बनाएकोृ रानाले बताए । गाउँपालिकाबाट अमिनहरु आएर नापिसक्नुभएको छ रानाले भने “नापी गर्दा करिब ४ कठ्ठा जमिन वडा कार्यालयको नाममा देखिएको छ, २१ दिनभित्र संरचना खाली गर्न भनिएपछि चौधरीले संरचना खाली गर्नुभएको छैन, सरकारी जमिन खाली गर्नुपर्छ भनेर हामी गाउँलेले आवाज उठाउँदा ज्यान मार्ने धम्की दिनुहुन्छ के गर्ने हामीले ।”
स्थानिय ठगिराम रानाका अनुसार अर्जुन चौधरीले वडा कार्यालयको मात्रै जमिन नभई कयौँ सावैजनिक जमिन समेत कब्जा गरेर आफ्ना संरचना बनाएका छन् । चौधरीले बघैया ताल अतिक्रमण, बेलडगाँ सामुदायिक बनको जग्गा अतिक्रमण, खानेपानी टोलमा इट्टा भट्टी बनाउनुका साथै मटहैया डाँगामा ऐलानी जमिन बेचेर नम्बरी लिने गरेको समेत स्थानिय बताउँछन् । रानाका अनुसार चौधरीले यती मात्रै नभएर बनकै जमिनमा काठ मिल समेत सञ्चालन गरेका छन् । सोही मिलका लागी राती÷राती काठ चोरी समेत गर्ने गरेको रानाले बताए ।
श्रोतका अनुसार अर्जुन चौधरीका २ जना साथीहरु कमल राना र अर्जुन राना समेत अतिक्रमण संगै काठ चोरीमा सक्रिय छन् । उनिहरुकै सहयोगमा चौधरीले सरकारी जमिन कब्जा गरेका हुन् । सार्वजनिक जमिन कब्जा गरेरै अर्जुन चौधरीले गदरियामा चिया पसल समेत सञ्चालन गरेको स्थानिय बताउँछन् । वडा कार्यालयले चिल्डेन पार्क बनाउने भनेर तयारी गरिरहेको जमिन समेत चौधरीले कब्जा गरेर घर बनाइदिएको स्थानिय बताउँछन् । वडा कार्यालय श्रोतका अनुसार सो जमिनका लागी उदासिपुर बन कार्यालयमा मुद्धा परेपनि आर्थिक चलखेल गरेर मुद्धा मिलाइएको थियो ।
वडा कार्यालयका नाममा रहेको सो जमिनमा सहकारी बिधुत काउन्टर सञ्चालन गर्ने योजना वडा नम्बर ९ को थियो । सो काउन्टर बनाउनका लागी २ पटक जग खनेपनि चौधरीले माटो हालेर पुरिदिएको वडा अध्यक्ष खेम चौधरीले बताए । वडा कार्यालयको जमिन कब्जा गरेर संरचना समेत बनाउन नदिएपछि गाउँपालिकामा पत्राचार गरेको चौधरीले बताए । हामीले गाउँपालिकामा पत्राचार गरेका छौँ, पालिकाले अमिनबाट नपाइसकेको छ उनले भने “२१ दिनको म्याद पालिकाले दिएको छ, उहाँले हटाउनुहुन्छ होला अनी हामी बिधुत काउन्टर बनाउने छौँ ।”
जमिन कब्जा गर्ने भनिएका अर्जुन चौधरीले भने आफुले कसैको जमिन कब्जा नगरेको दावी गरेका छन् । पहिलानै हाम्रा अगुवाहरुले गाउँको बिचमा वडा कार्यालय राख्नुभन्दा बजारमा राख्ने सहमती गर्नुभएको रहेछ उनले भने “गाउँलेको जमिनमा वडा कार्यालय बनाएको रहेछ, त्यतिबेला सट्टाभर्ना गर्ने सहमती अनुसार गाउँलेहरुले वडा कार्यालयको जमिन गाउँकै हुनुपर्ने अडान राख्नुभएको हो, मैले ब्यक्तीगत रुपमा कुनै कब्जा गर्ने काम गरेको छैन, बिधुतको काउन्टर बनाउन नदिने कुरामापनि गाउँलेकै असहमती हो ।”
ताल अतिक्रमण, जगंल अतिक्रमण मैले कुनै गरेको छैन उनले भने “इट्टा भट्टा मेरो आफ्नै जमिनमा छ, सामुदायिक बनको छेउमा मेरै जमिन छ त्यसमै इट्टा राखेको हुँ, सबै क्रुटा आरोप छन्, तपाई यतै आएर हेर्न सक्नुहुन्छ ।”


