धनगढी : एशियन लाईफ इन्स्योरेन्स लिमिटेड डडेलधुरा शाखाले १५ औं वार्षिकोत्सवका अवसरमा बिद्यालयलाई खेलकुदका सामाग्री वितरण गरेको छ । जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ८ बागचौर बकण्डेमा रहेको भुमिराज प्राथमिक बिद्यालयलाई शैक्षिक समाग्री वितरण गरेको हो ।
वार्षिकोत्सवकै अवसरमा संंस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत डडेल्धुरा शाखाले भलिबल,कर्क व्याटमान्टन स्कीपिं डोरी र सानो बल व्याट हस्तान्तरण गरेको कार्यालय प्रमुख रमेश विष्टले जानकारी दिए । शाखा प्रमुख विष्टलेले संचालक समिति अध्यक्ष र प्रअलाई संयुक्त रुपमा मंगलवार(आज) हस्तान्तरण गरेका हुन् ।
बीमित, व्यवसायीक अभिकर्ता, नियमनकारी निकाय, कर्मचारी, शेयरधनी महानुभाव, संचालक समिति, व्यवसायीक साझेदारहरुले यस कम्पनी प्रति दर्शाउनुभएको अटूट विश्वास तथा सद्भावप्रति हार्दिक कृतज्ञता जाहेर गर्दै आगामी दिनमा हामी अझ सुदृढ, सरल र विश्वसनीय सेवा प्रदान गर्ने शाखा प्रमुख बिष्टले बताए ।