धनगढी। नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले प्रधानमन्त्री प्रचण्ड चरम अवसवादी भएको बताएका छन्। शुक्रबार कैलालीको घोडाघोडीमा राष्ट्रिय युवा संघको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै भट्टले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अवसरवादी भएको भन्दै पदका लागी जतापनी लागीरहने बताए। भट्टले सशस्त्र द्धन्द्धकालदेखि आफूले ४० वर्ष प्रचण्डसँगै रहेर काम गरेको र उनी अवसवादी भएकै कारण प्रचण्डआफैले पारित गरेको विचार विपरीत कांग्रेससँग गएको बताए।
हेटौडा महाधिवेशनमा उनले नेपाली जनताको मुख्य दुश्मन भनेको दलाल पुँजीवाद भनेर विचार राखेको र त्यसको प्रतिनिधि कांग्रेस भएकाले प्रचण्ड दलाल र पुँजीवादीको प्रतिनिधिसँगै जोडिएको बताए। भट्टले भने,कुुनै बेला उहाँको टाउकोको मूल्य ५० लाख तोकिएको थियो। त्यो तोक्ने मान्छे को थियो ? शेरबहादुर देउवा थिए । मेरो टाउको मूल्य पनि ३५ लाख तोकिएको थियो। अहिले म केपी ओलीसँग छु। उहाँ टाउको मूल्य तोक्नेसँग हुनुहुन्छ फरक यति हो ।’ प्रचण्ड गुलियो चाट्दै हिड्ने मान्छे भएको बताउदै भट्टले देउवाले प्रधानमन्त्री नदिने भएपछि बालकोटमा केपी ओलीको शरणमा पुगेको तर अवसरवादी भएकैले विश्वासको मत पाएपछि फेरी देउवातिर ढल्केको बताए ।
हिजो उनले ओलीलाई बालुवाटारबाट बालकोट पुगाइदिए भन्नुहुुन्थ्यो तर शेरबहादुुरले उहाँलाई नै बालकोटको बार्दली पुगाइदिए गठबन्धन तोडेको बताए। प्रचण्डले चुलबुले बानी छाड्छु भनेर बाचा गरेका थिए तर बानी कहाँ जान्छ भट्टले भने, विश्वासको मतपछि उतै लागे कहाँ अवसर हुन्छ ? कहाँ मिठो खान पाइन्छ ? बदमासी गर्न पाइन्छ भनेर खोज्दै हिड्ने मान्छे प्रचण्ड भएको बताए। भट्टले प्रचण्डलाई हिजोको युद्धको समस्या आफ्नै टाउकोमा आउँछ की भनेर डर भएको समेत बताए । युद्ध लड्दा प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली, माधव नेपाल, वामदेव गौतमहरुसँग भेटेको स्मरण गर्दै भट्टले उनीहरुले नै शान्ति प्रक्रियामा आउने गरी छलफल गरेको आफूले पाएको उनको भनाई थियो। एमाले र माओवादीबीच पार्टी एकीकरण भएपनि प्रचण्डकै आत्मकेन्द्रीत शैलीका कारण लामो समयसम्म टिक्न नसकेको भट्टले बताएका छन्।