काठमाडौं। जनमत पार्टीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाए पछि सरकार छाडेको छ । खानेपानीमन्त्री अब्दुल खानले पदबाट राजीनामा दिएका छन् ।जनमत पार्टीबाट मन्त्री बनेका खानले शुक्रबार राजीनामा दिएका हुन् ।उनले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका हुन् ।
जनमत पार्टीले एउटा मात्र मन्त्रालय पाउने हो भने उद्योग मन्त्रालय पाउनु पर्ने र उद्योग नपाए दुई वटा मन्त्रालय दिनु पर्ने माग राखेको थियो । ‘आफ्नो असन्तुष्टि प्रधानमन्त्री सामु राख्छु । उहाँसँगको कुरापछि थप के गर्ने तय हुन्छ’, प्रधानमन्त्रीलाई भेट्न जानुअघि खानले अनलाइनखबरसित भनेका थिए। तर उनले भेट लगत्तै राजीनामा नै बुझाएका हुन् ।


