कैलाली। कैलालीको अत्तरियामा सुदूरपश्चिम भूमिहिन संघर्ष समितिद्धारा विरोध प्रदर्शन गरिएको छ। बिहिबार उनीहरुले नारा जुलुस गर्दै विरोध प्रदर्शन गरेका हुन्। उनीहरुले गोदावरी नगरपालिका कार्यालय अगाडी पनि विरोध प्रदर्शन गरेका थिए। उनीहरुले ‘आकाश मुनि पहरा, देउन सरकार पहरा’, ‘हाम्रो एउटै चाहना, गर्न पाइन्न बाहाना’ लगायतका नारा लगाएका थिए।
सुदूरपश्चिम भूमिहिन सघर्ष समितिका सदस्य खगेन्द्र ताम्राकारले भूमिहिनलाई भूमि संगै गास बास कपासको व्यवस्था गरिनुपर्ने आफूहरुको माग गरेको बताए। उनले कुनै पनि ठाउँमा भूमि नभएकाहरुले जग्गा उपलब्ध हुनुपर्ने माग गर्दै आन्दोलन गरेको बताए। सुदूरपश्चिम भुमिहिन संर्घष समितीले गोदावरी नगरपालिका वडा नम्बर ३ चौकीडाँडाबाट र्यालीसहित ३ को वडा कार्यालयमा पुगेर गोदावरी नगरपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।