कैलाली। सुदूरपश्चिम प्रदेशमा महिलाको नाममा घरजग्गा कम भएको पाइएको छ। केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार सुदूरपश्चिममा महिलाको नाममा घरजग्गा कम भएको पाइएको हो ।
जनगणना नतिजाअनुसार परिवार संख्याका आधारमा महिलाको नाममा घरजग्गा रहेको प्रदेशमध्ये सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा देखिएको छ ।सुदूरपश्चिम प्रदेशमा ११.८ प्रतिशत परिवारमा महिलाको नाममा मात्र घरजग्गा रहेको तथ्याङ्कले देखाएको छ। सबैभन्दा बढी कोशीमा २८.५ प्रतिशत परिवारमा महिलाको नाममा घरजग्गा रहेको छ।
सुदूरपश्चिममा पाँच लाख ७६ हजार ७७२ परिवार संख्यामध्ये महिलाको नाममा घर भएको संख्या तीन हजार ९३१ (०.७ प्रतिशत) रहेको छ । जग्गा मात्र भएको महिलाको संख्या २७ हजार ११३ (४.७ प्रतिशत) रहेको छ ।त्यसैगरी घरजग्गा दु्बै भएको परिवार संख्या ३६ हजार ७५३ (६.४ प्रतिशत) रहेको तथ्याङ्कमा उल्लेख छ। सुदूरपश्चिम प्रदेशमा ४ लाख ९८ हजार ५३० (८६.४ प्रतिशत) परिवारमा महिलाको नाममा घरजग्गा छैन। २०७८ को जनगणनाअनुसार सुदूरपश्चिम प्रदेशमा २६ लाख ९४ हजार ७८३ जनसंख्या पुगेको छ।सुचिसहित तल हेर्नुहोस् 


