छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ। धनगढी रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल एपीएफ क्लब र बागमती क्लबबीच प्रतिस्पर्धा हुँदैछ।
दिउँसो ३ बजे सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रतियोगितको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबको आयोजनामा हुने प्रतियोगितामा ‘ए’ डिभिजन ६ टीम, दुई विदेशी टिम, मोसलको एक र आयोजक क्लब गरी १० टोलीको सहभागिता रहेको छ।
आजको उद्घाटन खेल निशुल्क हेर्न पाइने क्लवका सचिव ओम बिक्रम चन्दले बताए । अन्य खेलमा बिद्यार्थीका लागी १ सय र अन्उका लागी १ सय ५० रुपयाँ टिकट राखिएको उनले बताए । उद्घाटन खेलमा टिकट नराखेको चन्दले बताए ।
प्रतियोगिताको विजेता टोलीले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही १५ हजार र म्यान अफ दि म्याचलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ।