धनगढी। छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप आज देखि आयोजना हुन लागेको छ । आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबले बुधबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी समेत पुरा भएको जनाएको छ।
क्लबका अध्यक्ष महासचिव प्रकाश शाहीले प्रतियोगिताको छैटौं संस्करण आजदेखि चैत १८ गतेसम्म धनगढी रंगशालामा हुने बताए। सोही अनुसार अखिल नेपाल फुटबल संघ एन्फा बाट प्रतियोगिताका लागि स्विकृति प्राप्त भएको उल्लेख गरे । मोफसलको सर्वाधिक पुरस्कार राशीको छैटौं संस्करणको प्रतियोगितामा समेत १० टिम सहभागी हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा ६ ए डिभिजनका क्लब, दुई विदेशी, एक मोफसल र आयोजक गरि १० टिमको सहभागीता रहने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ। प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ प्राप्त गर्नेछ भने विधागत तर्फका उत्कृष्ट खेलाडीले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ दी म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताको उदयीमान खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गर्ने आयोजकले जनाएको छ।
क्लवका अध्यक्ष सुरेश हमालले प्रतियोगिताको तयारी पुरा भएको बताए । भोली ३ बजे मुख्यमन्त्री कमल शाहबाट प्रतियोगिताको उद्घाटन हुने छ उनले भने “प्रतियोगिता अवलोकनका लागी बिद्यार्थीका लागी एक सय र अन्यका लागी १ सय ५० रुपयाँ टिकट राखिएको छ, उद्घाटन खेल निशुल्क हेर्न मिल्ने ब्यवस्था मिलाएका छौँ ।” सुदूरपश्चिम प्रदेश सरकारले मुख्य प्रायोजकको रुपमा प्रबद्र्धन गरेको सुदूरपश्चिम खप्तड गोल्डकप कैलाली जिल्ला फुटबल संघको समन्वयमा हुन लागेको हो । सुदूरपश्चिम ११ स्पोर्टस क्लबले हरेक वर्ष यो कार्यक्रम आयोजना गर्दै आएको छ । प्रदेश सरकारले प्रतियोगिताका लागी ८० लाख रकम उपलब्ध गराउने भएको छ। प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपक बहादूर सिहंका अनुसार आफै सबै प्रतियोगिता गर्न असम्भव रहेका कारण क्लवहरुसंग मिलेर मुख्यमन्त्री कप आयोजना गरिन लागिएको हो।