बाजुरा। जिल्ला अस्पताल बाजुरामा कुपोषणका कारण ५ महिने शिशुको मृत्यु भएको छ। बुढीनन्दा नगरपालिका–६ स्थायी घर भएकी रमिता नेपालीको ५ महिने छोरा जनम नेपालीको मृत्यु भएको जिल्ला अस्पताल बाजुरामा कार्यरत पोषण कर्याक्रम संयोजक निर्मला सुनारले बताईन्।
अस्पताल बाजुरामा रहेको पोषण पुनः स्थापन केन्द्रमा ७ दिन पहिला सो बच्चालाई भर्ना गरेको संयोजक सुनारले बताईन्। संयोजक सुनारका अनुसार सोमवार बेलुका सम्म बच्चाको स्वास्थ्य अवस्था राम्रै रहेको तर बिहान हेर्दा बच्चाको मृत्यु भई सकेको रहेछ। बालकाकी आमालाई बच्चालाई दूध खुआउनु भो त भनेर सोध्नेबेला बच्चा सिरगमा बेरिएको अवस्थामा फेला परेको सुनारले बताइन।
बच्चा कुपोषण थियो तर बच्चा सिरगमा बेरिएको हुदा निशासियर मृत्यु भएको हुन सक्ने संयोजक सुनारले बताईन। गत मंसिरमा पनि सो बच्चलाइ उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो उपचार पछि स्वास्थ्य अवस्था सुधार भएको हुदाँ घर पठाइएको थियो तर बालक पनुः कुपोषणको सिकार बनेपछि जिल्ला अस्पताल बाजुरामा ल्याएर अस्पताल बाजुरामा रहेको पोषण पुनः स्थापना केन्द्रमा भर्ना गरिएको सयोजक सुनारले बताइन् । पछिल्लो समयमा बाजुरामा कुपोषणको दर बढ्दो क्रममा रहेको छ।