धनगढी। अछाममा ट्याक्टर र मोटरसाइकल आपसमा ठोकिएका छन्। मध्य पहाडी लोक मार्ग अन्तर्गत अछामको मंगलसेन नगरपालिका ५ मा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा २ जना घाइते भएका हुन। लु ५ प १२४० नम्बरको ट्याक्टर र सु.प.प्रदेश ०१–०११ प ३०१३ नम्बरको मोटरसाईकल आपसमा ठोकिएका हुन्।
दुर्घटनामा मोटरसाइकलमा सवार चालक ढकारी गाउँपालिका वडा नम्बर ३ का जनक बुढा र कमल बुढा घाइते भएका छन्। उनीहरुको जिल्ला अस्पतालमा उपचार भैरहेको छ। घाइतेको अवस्था भने मध्यम रहेको प्रहरीले जनाएको छ । ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ट्याक्टरका चालक फरार भएका छन्। घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।