धनगढी : कैलालीको धनगढीमा रहेको ऐस्वर्य बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका कुबेर खडका विजयी भएका छन् । विजयी भएका खडकाले ४५९ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी नेबि संघका महेश जोशीले २१५ मत प्राप्त गरे ।
सचिवमा दिपेन्द्र भट्ट ३८९ विजयी भएका छन । दिल बहादुर बुढाथोकीले २६१मात्रै मत प्राप्त गरे । कोषाध्यक्षमा सुदासन चौधरीले ३३४ मत प्राप्त गरेर विजयी भएका छन् । लक्ष्मी शाहीले भने २८४ मत प्राप्त गरिन् ।

