धनगढी। स्ववियु निर्वाचन अन्तर्गत डोटी क्याम्पसमा भइरहेको मतदान प्रक्रिया रोकिएको छ । फर्जीमत खसालेको भन्दै विद्यार्थीहरू आन्दोलित बनेपछि मतदान रोकिएको हो। क्याम्पसको गेटमा विद्यार्थीहरुले मुर्दाबादको नारा लगाइरहेका छन्।आक्रोशित विद्यार्थीहरुले गेट नाघ्ने प्रयास गरिरहेका छन् भने प्रहरीलाई थाम्न निकै सकस भएको छ। विवाद सृजना पछि डोटी क्याम्पसको अवस्था तनावपूर्ण छ।
फर्जिमत हालेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बिप्लप निकट अखिल क्रान्तिकारीका बिद्यार्थीले मतपेटिका समेत तोडफोड गरेको छ।‘मत पेटिकासँगै अन्य सामाग्रीमा पनि क्षति भएको भन्दै निर्वाचन स्थगित गरिएको निर्वाचन अधिकृत हर्कबहादुर कँडेलले जानकारी दिएकेही उश्रृंखल तत्त्वहरू मतदान तत्त्वहरू मतदान स्थलभित्र प्रवेश गरेर मतपेटिका लगायत अन्य सामाग्री तोडफोड गरेको हुँदा मतदान गर्न गराउन सम्भव नभएकाले निर्वाचन स्थगित गरिएको ब्यहोरा सूचित गरिन्छ ’उनले जारी गरेको सूचना भनिएको छ।


