धनगढी। कैलालीका ९ बटा बहुमुखी क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै छ।ऐश्वर्य बहुमुखी क्याम्पस धनगढी, चौमाला बहुमुखी क्याम्पस चौमला, खप्तड बहुमुखी क्याम्पस मुसुरिया, बुलबुले बहुमुखी क्याम्पस पहलवानपुर, राष्ट्रिय कलेज सुखड, घोडाघोडी बहुमुखी क्याम्पस सुखड, लम्की बहुमुखी क्याम्पस लम्की, मोहन्याल बहुमुखी क्याम्पसभजनी र रघुनाथ आर्दश बहुमुखी क्याम्पस जोशीपुरमा निर्वाचन हुन लागेको हो।
निर्वाचनका लागि मतदानको समय बिहान ८ देखि दिउँसो ४ बजेसम्म निर्धारण गरिएको छ। स्ववियु निर्वाचनबाट राजनीतिक दलदेखि विद्यार्थी सङ्गठनसम्म उत्साही भएका छन्।खप्तड बहुमुखी क्यामपसमा भने १० बजे बाट मतदान हुने जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
२०५४ मा भएको स्थानीय तहको निर्वाचन एकैपटक गणतन्त्र आइसकेपछि २०७४ सालमा भएको थियो। अहिले स्ववियु निर्वाचन पनि करिब १४ वर्षपछि हुन लागेको हो। त्रिविका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन हुँदैछ । कतिपय क्याम्पसमा भने निर्विरोध नेतृत्व चयन भएको छ ।


