कैलाली। राष्ट्रिय क्रिकेट टिममा प्रतिनिधित्व गर्ने सुदूरपश्चिम प्रदेशका क्रिकेट खेलाडीलाई प्रदेश सरकारले नगद रुपैयाँ दिने घोषणा गरेको छ । प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टिमका दुई खेलाडीलाई जनही दुईरदुई लाख रूपैयाँ दिने भएको हो ।
Advertisement



राष्ट्रिय टिममा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने दीपेन्द्र सिंह ऐरी र भीम सार्कीलाई प्रदेश सरकारले जनही दुईरदुई लाख रूपैयाँ दिने मुख्यमन्त्री कमलबहादुर शाहले घोषणा गरेका छन् ।टिममा परेका खेलाडी सन्दिप जोरालाई १ लाख र अन्तिम १८ मा पर्न सफल कमल सिंह ऐरी र अर्जुन सावदलाई जनही ५०/५० हजार गरि ६ लाख दिने घोषणा गरेको छ। नेपाललाई विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट गराउँदै ऐतिहासिक सफलता दिलाउन भूमिका खेलेको भन्दै सरकारले उनीहरूलाई नगद पुरस्कार प्रदान गर्ने बताइएको छ।
Advertisement
