काठमाडौं। बैंक तथा बित्तिय संस्थाको चर्को ब्याजदरबिरुद्ध सुदुरपश्चिमका उद्योग ब्यवसायीले काठमाण्डौँमा आन्दोलन गरेका छन्। देशभरका उद्योग तथा ब्यवसायीको सहभागीतामा सुदुरपश्चिम प्रदेशका उद्योग ब्यवसायीहरुले पनी राजधानि केन्द्रीत आन्दोलन गरेका हुन्।



आइतबार उनीहरुले बैंकहरुको चर्को ब्याजदरको विरोध गर्दै ब्याजदर आतंक र राष्ट्र बैंकको अव्यवहारिक नीतिका कारण व्यापार-व्यवसाय धरासायी भएको भन्दै व्यवसायीहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् । कैलालीका ब्यवसायी सिद्धराज पनेरुले अहिलेको अवस्थामा ब्यवसायी बैंकको चर्को व्याजदरले निकै मारमा परेको बताए। उनले बैंकको चर्को व्याजदर बिरुद्ध सरकारले ध्यानाकर्षण नभएको बताए । उनले कैलालीमा बिगत केही दिन आन्दोलन गरिएको बताउँदै हिजोआज काठमाण्डौँमा आन्दोलन केन्द्रीत भएको बताए।
साथै सुदुरपश्चिमका उद्योग बाणिज्य सँघका अध्यक्षको पनी सहभागीता रहेको बताए। कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुस्पराज कुँवरले बैंकको चर्को व्याजदरका विरुद्ध पटक–पटक आन्दोलन लगायत सरकारलाई ज्ञापनपत्र समेत बुझाउदा समेत आफूहरुको माग सम्बोधन नभएपछि आन्दोलन गर्न बाध्य भएको बताए। सरकारले व्यवसायीहरुका माग सम्बोधन नगरे झनै विकराल अवस्था आउने र राष्ट्र बैंक र संसद भवन घेराउ गरिने बताइएको छ ।आन्दोलनमा उनीहरुले मौद्रिक नीति परिमार्जन गर, ब्याजदरमा स्थिरता कायम गर, चालु पुँजी निर्देशिका स्थगित गर, ब्याजदर हामीलाई चर्को भयो, उच्च सेवा शुल्क बन्द गर लगायतका प्ले कार्ड बोकेर आन्दोलन गरेका थिए। आन्दोलनका क्रममा नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले शान्तिपूर्ण आन्दोलन गर्दा सरकार र राष्ट्र बैंकले बेवास्ता गरेकाले अहिले पुनः आन्दोलन गर्नुपरेको बताएका छन्। ‘सुरुवाती चरणमा शान्तीपूर्ण आन्दोलन गर्दा पनि सरकारले हामी व्यवसायीहरुको माग सुनेन ।
त्यसैले फेरी आन्दोलन गर्नुपर्ने अवस्था आएको छ ।’ उनले भने, ‘यतिका उद्योगी-व्यवसायी एक ठाउँमा उभिएर प्रदर्शन गर्दा पनि सरकारले वार्ताका लागि कुनै चासो नदिएपछि बैंक वित्तीय संस्थाको दादागिरीबिरुद्ध हामीले आन्दोलन गरेका हौँ ।’ आन्दोलनका क्रममा व्यवसायीहरुले ‘मौद्रिक नीति परिमार्जन गर’, ‘बैंक हामीलाई प्यारो छ, ब्याज वृद्धिले गाह्रो छ’, ‘बैकिङ आतंक बन्द गर’ लगायतका पम्प्लेटसहित प्रदर्शन गरेका थिए । योसँगै उनीहरुले अझै पनि सरकार यवसायीहरुका मागप्रति गम्भीर नभए झनै विकराल अवस्था आउने र राष्ट्र बैंक र संसद भवन घेराउ गर्ने चेतावनीसमेत दिएका छन् ।




