धनगढी :खेलकुद महासंघको केन्द्रिय सचिवमा कैलालीका बिष्णु चन्द चयन भएका छन् । केही दिनअघी बिराटनगरमा भएको महासंघको दोश्रो महादिवेशनबाट अध्यक्षमा पर्शुराम बस्नेत निर्वाचित भएका थिए । अन्य पदाधिकारी पहिलो बैठकबाट चयन गर्ने निर्णय संगै आज काठमाण्डौँमा बसेको पहिलो बैठकबाट चन्द सचिवमा चयन भएका हुन् ।



लामो समय खेलकुद क्षेत्रमा काम गरेका चन्द यसअघी महासंघको सुदूरपश्चिम ईन्चार्ज रहेर काम गरेका थिए । उनि हाल नेकपा एमाले कैलाली जिल्ला कमिटि सचिवालय सदस्यपनि हुन् । चन्दसंगै महासंघको पहिलो बैठकबाट उपाध्यक्षमा धर्मराज श्रेस्ठ, दिपेन्द्र दाहाल, निरेसलाल सिहं, नन्दा बस्याल, सन्जु महर्जन चयन भएका छन् । महासचिवमा धर्म लामा सहित १ सय ५१ सदस्यीय केन्द्रिय कमिटि निर्माण गरिएको छ । यस संगै २४ जना मनोनित गर्न बाँकी छन् ।
महासंघको पहिलो बैठकले पदाधिकारी तथा सदस्यहरु टुंग्याउनुका साथै आउँदै गरेको स्बियु निर्वाचनमा अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियनलाई बिजयी गराउने आवश्यक सहयोग गर्ने निर्णय गरेको छ । यस्तै खेलाडीका लागी महासंघले नेतृत्वदायी भुमिका खेल्ने र संगठन निर्माण गर्ने बैठकले निर्णय गरेको छ ।



