धनगढी : धनगढीका पत्रकार दिपक उपाध्याय सम्मानित भएका छन् । धनगढी स्थित लिटल फ्लावर बोर्डिङ हाई स्कुलको ३३ औँ बार्षिकोत्सवका अवशरमा उपाध्याय सम्मानित भएका हुन् । यस बर्षदेखी ३ वटा बिधामा पुरस्कार दिने निर्णय अनुसार स्कुलले उपाध्यायलाई समाजसेवा पुरस्कारबाट सम्मान गरेको हो ।
आज स्कुलको ३३ औँ बार्षिकोत्सवको अवशरमा उपाध्यायलाई सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले दोसल्ला सहित सम्मानपत्र हस्तान्तरण गर्दै सम्मान गरेका हुन् । उपाध्यायले १ सय पटक रक्तदान गर्दै समाजमा बिषिस्ट योगदान दिएको भन्दै स्कुलले सम्मान गरेको हो । रक्तदान गर्दै धेरै मानिसको ज्यान जोगाउन महत्वपुर्ण भुमिका खेल्नुका साथै रक्तदान गर्नुपर्छ भन्ने शन्देस प्रवाह गर्ने गरेका उपाध्यायले हालसम्म १ सय पटक रक्तदान गरिसकेका छन् ।
उनि नेपाल पत्रकार महासंघ कैलाली साखा सदस्य समेत हुन् । उपाध्याय धनगढीबाट लामो समय टेलिभिजन पत्रकारको रुपमा कार्यरत थिए । हाल उनि इकागजमा कार्यरत छन् । बार्षिकोत्सवको अवशरमा स्कुलले शिक्षा क्षेत्रमा कार्यरत एक जना र सोही बिद्यालयमा कार्यरत एकजना शिक्षिकालाइपनि सम्मान गरिएको थियो ।

