माओवादी धारका पूर्वनेताहरूको बैठक बसेर प्रतिवाद गर्ने निर्णय सार्वजनिक भएको एक घण्टा नबित्दै १० वर्ष लामो द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ।
सर्वोच्च अदालत प्रशासनले प्रचण्डविरुद्धको रिटलाई ०७९ –९४७ नम्बरमा दर्ता गरेको हो। रिट दर्ता भएपछि सर्वोच्च अदालतले बुधबार लाई पेसीसमेत तोकिदिएको छ। उक्त रिटलाई लिएर मंगलबार बिहानै तत्कालीन १० वर्षे सशस्त्र संघर्षमा होमिएका माओवादी नेताहरूको बैठकलगत्तै सर्वोच्चमा दर्ता गरिएको हो।
प्रचण्डले तीन वर्षअघि दिएको अभिव्यक्तिविरुद्धको रिट सर्वोच्चमा दर्ता अधिवक्ता ज्ञानेन्द्र आरन र रामेछापका कल्याण बुढाथोकीले प्रचण्डलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाउन मागसहित दिएको रिट निवेदन सर्वोच्चमा हालेका थिए। सुरुमा दरपिठ भएको यो मुद्दालाई सर्वोच्चको इजलासले शुक्रबार दर्ता आदेश दिएको थियो।