धनगढी : कटक भण्डारी फाउण्डेशनको आयोजना तथा धनगढी उप महानगरपालिका वडा नम्बर २ को सहयोगमा धनगढी उप महानगरपालिका वडा नम्बर २ मा लागु औषध दुब्र्यसन बिरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ । धनगढी उप महानगरपालिका वडा नम्बर २ को सरस्वतीनगर पिपलबोटमा कार्यक्रम आयोजना भएको हो । सरस्वतीनगरका एक सय बढी समुदाय उपस्थित सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै धनगढी उप महानगरपालिकाकी उप प्मुख कन्दकला रानाले सबैभन्दा ठुलो बिकास मानबिय बिकास भएको बताइन् ।
म जहिलेपनि भन्ने गरेकी छु बिकास केवल भौतिक मात्रै होइन उनले भनिन् “जबसम्म मानबिय बिकास हुँदैन समाजमा जति भौतिक बिकास गरेपनि प्रभाव पर्दैन, हामीले मानबिय बिकास गर्नसके अन्य बिकास आफै हुने कुरा हुन्, मानिसलाई मानिस बराबर बनाउन नसके हाम्रा भौतिक बिकासको कुनै मुल्य हुँदैन ।” एउटा बाटो बनाएर त्यो बाटो हिन्ने मान्छेनै मान्छे लायक नभए बाटो बनाएको के अर्थ उनले भनिन् “त्यस कारण हामीले मानबिय बिकासमा जोड दिनुपर्छ, धनगढी उप महानगरपालिका यो बिषयमा गम्भिर छ, कुन किसिमले लागुऔषध दुब्र्यसनीलाई नियन्त्रण गर्न सकिन्छ हामी लागिरहेका छौँ, पहिलो चरणमा कैलाली कञ्चनपुरका २२ पालिका मिलेर सुधार गृह बनाउने चरणमा छौँ, त्यसपछि के कार्यक्रम ल्याउनुपर्छ यसको रोकथामका लागी धनगढी उप महानगरपालिकाले ल्याउँछ ।”
कार्यक्रममा बोल्दै धनगढी उप महानगरपालिका वडा नम्बर २ का अध्यक्ष धर्मराज ओझाले बिषेशगरी सिमा क्षेत्रमा लागुऔषधको बिगबिगी भएको बताए । मेरो २ नम्बर वडाको पुरै क्षेत्र भारतसंगको खुला सिमाना पर्छ त्यस कारणपनि २ नम्बर वडामा लागुऔषधका प्रयोगकर्ता बढी भेटिन्छन् उनले भने “लागुऔषध प्रयोगकर्ता भइसकेपछि त्यही सुधार गृह हाल्ने हो, सुधार गृह गएको २० प्रतिशतपनि निको हुँदैनन् भन्ने सुनेको छु, अनी सुधार गृह हालेर के काम, हामीले उपचारको जोहो गर्नुभन्दा रोग लाग्न नदिनुनै उचित हुन्छ, मृत्युको मुखमा पुगेको ब्यक्तीलाई उपचार गराएर साद्य छैन त्यस कारण हामीले कटक भण्डारी फाउण्डेशनसंग सहकार्य गरेर २ नम्बर वडामा केही सचेतनात्मक कार्यक्रम आयोजना गरेका हौँ ।” वडाले धेरै गर्न सक्दैन उनले भने “हामीले थोरै बजेट राखेका थियौँ सो बजेटबाट केही कार्यक्रम चलाउन सफल भएका छौँ, आगामी दिनमा म लागु औषध दुब्यर्सन नियन्त्रणमा कटक भण्डारी फाउण्डेशन संगै सबैसंग सहकार्य गर्ने छु, यसमा सबै वडाबासीको सहयोगको अपेक्षा गरेको छु ।”
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कैलालीकी प्रहरी निरिक्षक सरस्वती अधिकारीले लागुऔषधबाट जिल्लामा ग्रसित भएको तथ्याकं सार्वजनिक गरेकी थिइन् । उनले लागुऔषध दुब्र्यसनीमा बालबालिका कसरी फस्छन् र त्यसबाट बच्ने तथा बचाउने उपाय बारे जानकारी गराएकि थिइन् । यस्तै ब्रह्मकुमारी ईश्वरिय बिश्वबिद्यालय धनगढीको टिमले नाटक प्रस्तुत गरेर समाजलाई लागुऔषधको सिकार हुनबाट जोगिन सचेत गराएको थियो ।
कटक भण्डारी फाउण्डेशनका अध्यक्ष गणेस भण्डारीको अध्यक्षतामा आयोजित सचेतना कार्यक्रममा धनगढी उप महानगरपालिका वडा नम्बर २ का बिभिन्न क्लवका अध्यक्ष, समाजसेवी, बुद्धिजिवी लगायत समुदायको सहभागिता थियो । कार्यक्रमको समापन गर्दै अध्यक्ष भण्डारीले धनगढी उप महानगरपालिका वडा नम्बर २ को नवदुर्गा माध्यमिक बिद्यालय, सारदा माध्यमिक बिद्यालय, एउटा सुधार केन्द्र र सरस्वतीनगर टोलमा सचेतनात्मक कार्यक्रम आयोजना गरिएको बताए । धनगढी उप महानगरपालिकासंगको सहकार्यमा भएको अजको चौथो कार्यक्रम हो, सम्झौता अनुसार यो अन्तिम कार्यक्रमपनि हो उनले भने “यो कार्यक्रमले पक्कै परिवर्तन हुने हामीले अपेक्षा गरेका छौँ र अन्य वडाहरुलेपनि यि कार्यक्रम सञ्चालन गर्ने अपेक्षा लिएको छु, आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनेपनि बिश्वास दिलाउन चाहान्छु ।
कार्यक्रममा फाउण्डेशनले सचेतनामुलक कार्यक्रममा सहकार्य गरेको भन्दै धनगढी उप महानगरपालिका वडा नम्बर २ का अध्यक्ष धर्मराज ओझालाई सम्मान समेत गरेको थियो ।