कञ्चनपुर। कञ्चनपुरमा यौन दुर्व्यवहारको आरोपमा अनाथालयका प्रमुखलाई कारागार चलान गरिएको छ। कञ्चनपुर जिल्लामा यौन दुब्र्यहार तथा जबरजस्ती करणीको आरोपमा समाज कल्याण अञ्चल बाल अनाथालयका प्रमुख शंकर बहादुर चन्दलाई कारगार चलान गरिएको हो।
बिगत १ बर्ष पहिला देखि बाल बालिकाहरु बिद्यालय गएको बेला अफिसमा पटकपटक बिद्यालय गएको समयमा अफिस कोठामा बोलाई चकलेट चाउचाउ दिन्छु भन्दै अनाथलयमा बस्ने बालिकाहरुलाई यौन दुब्र्यबहार,जबरजस्ती करणी गरी गर्भपतन समेत गरेको खुलेको छ।जिल्लाको भिमदत्त नगरपालिका–४का चन्द लाई बालयौन दुरुपयोग, जबरजस्ती करणी र गर्भपत कसुरमा मुद्वामा कञ्चनपुर जिल्ला अदालतले २०७९÷११÷१७ गते बालयौन दुरुपयोग कसुरमा ५० हजार जरिवाना, जबरजस्ती करणी र गर्भपतन कसुर मा पुर्पक्षका लागी कारागार पठाइएको प्रहरीले जनाएको छ।सम्बन्धित समाचार तल
कञ्चनपुरमा एक अनाथालयका प्रमुख पक्राउ, नाबालिकामाथि बलात्कार गरेको आरोप
कञ्चनपुरमा बिद्यार्थी आन्दोलित, बलात्कार आरोपी अनाथालय प्रमुखलाई कारवाहीको माग