कञ्चनपुर। कञ्चनपुर खाल्डोमा जम्मा भएको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।कञ्चनपुरको पुनर्वास नगरपालिका – २ दशरथ बस्तीस्थित सिद्धविनायक इँटाभट्टामा काम गर्ने दिनेश चौधरीका डेढ वर्षका छोरा रोशनको डुबेर मृत्यु भएको हो।
कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ३ का दिनेश चौधरीका डेढ वर्षको छोरा रोमन चौधरीको डुबेर मृत्यु भएको प्रहरीले बताएको छ। खेलिरहेको अवस्थामा इँटाभट्टा बनाउन प्रयोग गरिने पानीको खाल्डोमा डुबेर गम्भीर घाइते भएका उनको सोही ठाउँस्थित स्थानीय बिएन पोलिक्लिनिकमा उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।