धनगढी। कैलालीका उद्योग व्यवसायीले आज बैंकमा पैसा जम्मा नगरेर विरोध जनाएका छन्। बैंकको चर्को व्याजदरविरुद्ध आन्दोलनरत रहेका उनीहरुले आज बैंक तथा बित्तीय संस्थामा पैसा जम्मा नगरेर विरोध जनाउने भएका हुन् ।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बढाएको व्याजदर फिर्ता लिन दबाबस्वरुप व्यवसायीले एक दिन नगद जम्मा नगरी विरोध जनाउन लागेको बताए। विरोध स्वरुप व्यवसायीले आज कुनै पनि बैंकमा नगद जम्मा नगर्ने जानकारी दिए।बैंकले चर्को ब्याजद बढाएपछि पेसाबाटै पलायन हुनु पर्ने अवस्था आएको भन्दै विगत केही दिनदेखि व्यवसायी आन्दोलनरत छन्। उनीहरु दैनिक दुई घण्टा व्यापार बन्द गरेर आन्दोलन गरिरहेका छन्।
यसैबीच, बुधबार व्यवसायीले ब्याजदर फिर्ता हुनु पर्ने माग गर्दै नेपाल राष्ट्र बैंक अगाडि विरोध प्रदर्शन गरेका थिए ।बैङ्क तथा वित्तीय संस्थाले एकैचोटी ब्याजदर बढाएर १७ प्रतिशसम्म पु¥याएपछि समस्यामा परेको व्यवसायीहरुले बताएका छन् ।
सातरआठ प्रतिशत लिइदै आएको ब्याजदर एकैचोटी आधाभन्दा बढी बढाएर १७ प्रतिशत पु¥याएपछि ऋण तिर्न नसके व्यवसायी पेसाबाटै पलायन हुने अवस्था आएको उनीहरुको भनाइ छ । चर्को ब्याजले गर्दा व्यवसाय नै धरासयी भएको उनीहरुको भनाइ छ । माग सुनुवाई नभएमा चैत १ गतेबाट आन्दोलनका कार्यक्रम अझ सशक्त र कडा बनाउने बताएका छन् ।