धनगढी। अहिले चर्चित हाई जिरा फुल्याको छैकी गितको छायाङ्कन तिब्र पारिएको छ। कैलालीको चिसापानीमा गौतमबुद्ध मुर्ती स्थापनाकालागी यतिबेला सुदुरपश्चिमका जिल्लामा छायाङ्कन सकेर भारतको मुम्बईमा गितको छायाङ्कन भैरहेको हो । सुदुरपश्चिमका ९ जिल्लामा छायांकन सकिसकेको निमार्ण कर्ताले बताएका छन्।
नौकरी छ मेरो बम्बैइ हई जिरा फुल्याको छै क्या? खुशी दिउला सुवा जम्मै !! मै कन नबिच्छेइ है क्या ?? बोलको गितबाट जम्मा भएको रकमले कर्णाली चिसापानीमा गौतम बुद्धको मुर्ती स्थापना गरिने लक्ष्य लिएको नवल सिह रावल फाउन्डेसनका अध्यक्ष तथा गायक र निद्रेशक तपेन्द्र रावलले जानकारी दिए। उनले आज मंगलबार भारतको मुम्बइमा सुटिङ्ग भैरहेकोे जानकारी दिए । सो गितले सुदुर पश्चिममा रहेका साँस्कृतिक धार्मिक तथा पर्यटकिय क्षेत्रलाई बिश्वभर चिनाउने लक्ष्य लिएको जानकारी दिए।१८ दिन सम्म सुदुरका ९ जिल्लाका विभिन्न स्थानहरु कर्णाली चिसापानी, सोल्टा, त्रीवेणि धाम , पन्चदेवल , रामारोशन, खप्प्तड अपि सैपाल, बैतडी डोटि उग्रतारा, घोडाघोडी ताल र बेद्कोट तालमा गएर स्थलगत छायांकन सकेको छ। उच्च प्रबिधि र १५ जनाको टिम र २ ओटा स्क्रपियोमा काठमाण्डौ बाट शुरु भएको यात्रा अहिले मुम्बैइमा पुगेको उनको भनाई छ। आइतबार सम्म रिलिज गर्ने लक्ष्य लिएको छ। २० लाख ८७ हजारको कुल लागतमा बन्ने उक्त गितमा लेखक, रचनाकार,गायक, निर्देशक तपेन्द्र रावल रहेका छन्। यस्तै गायक गायिकामा चक्र बम, रेखा जोशी,कल्पना बिसि,पुजा देवकोटा, लक्ष्मी आचार्य रहेका छन्। मोडेलमा तपेन्द्र रावल, अनु खडका, रश्मि कुवँर लगायतको अभिनय रहेको बताइएको छ। छायाङ्कन भिडीयो तल हेर्नुहोस्