धनगढी। कैलालीको धनगढीमा १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । कैलाली जिल्ला खेलकुद विकास समितिको आयोजनामा सोमबार देखि धनगढीको रंगशालामा प्रतियोगिता सुरु भएको हो।
प्रतियोगिताको सुदूरपश्चिम प्रदेश सभा सदस्य राम सिंह धामी र कैलाली जिल्ला खेलकुद समिति अध्यक्ष ललित खत्रीले उद्धघाटन गरेका छन। प्रतियोगितामा कैलाली जिल्लाका सबै स्थानीय तहहरुका खेलाडीको सहभागिता रहेको छ। प्रतियोगितामा भलिबल, छोटो दौड, लामो दौड, हाईजम्प ,लन्जम्प, कराँते लगायतका खेल संचालन गरीने आयोजकले जनाएको छ।