काठमाडौँ। नेकपा एमाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट तत्काल नबाहिरिने भएको छ। शनिबार बिहान पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको हो । यस्तै, बैठकले राष्ट्रपतिको उम्मेदवारका रुपमा उपाध्यक्ष सुवास नेम्वाङलाई अघि सार्ने निर्णय पनि गरेको छ।
एमालेले पुस १० गते एमाले र माओवादीबीच भएको सहमति अनुसार नै अघि बढ्ने निर्णय पनि गरेको छ । बैठकले सो निर्णय गरेको प्रचार बिभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। ‘२५ गतेसम्म राष्ट्रपति चयनको मिति भएको हुनाले त्यसबेलासम्म पुस १० गतेकै सहमति अनुसार अगाडि बढ्छौं, तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिन्नौं,’ उनले पत्रकार सम्मेलनमा भने। यता, माओवादीले भने कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरिसकेको छ ।