धनगढी। सुदुरपश्चिमको मुख्यमन्त्रीमा काँग्रेस प्रदेश संसदिय दलका नेता कमल बहादुर शाह माघ २६ गते नियुक्त भएका थिए। सुदुरपश्चिमका निर्वतमान मुख्यमन्त्री राजेन्द्र रावलले बिश्वासको मत नपाएपछि ठुलो दलको हैसियतले मुख्यमन्त्री बनेका शाहले अझै बिश्वासको मत लिइसकेका छैनन्।
३० दिन भित्रै बिश्वासको मत लिईसक्नुपर्छ। मुख्यमन्त्रीमा नियुक्त भएको आधा महिना भन्दा बढी समय बितेपनी शाहले बिश्वासको मत पाउने आधार तय भैसकेको छैन्। रावल नेतृत्वको सरकारलाई बिश्वासको मत नदिएको नागरिक उन्मुक्ती पार्टीले आफ्ना माग सम्बोधन नभएसम्म शाह नेतृत्वको सरकारलाई पनी बिश्वासको मत नदिने जनाइसकेको छ। नागरिक उन्मुक्ती पार्टिका अध्यक्ष देखी कारागारमा रहेका रेमश चौधरीसम्म भेटेर त्यही अडान दोहो¥याएपछि मुख्यमन्त्री शाह माओवादी तर्फ मोडिएका थिए।
प्रदेशमा नेकपा माओवादी केन्द्रसँग बिश्वासको मतका लागी कुरागरेपछि केन्द्रकै निर्णय पखिनुपर्ने बताएपछि मुख्यमन्त्री कमल बहादुर शाह अन्यौलमा परेका छन्। माओवादी केन्द्रका प्रदेश सभा सदस्य रमेश धामीले समर्थन गर्ने वा नगर्नेबारेमा केन्द्रको निर्णय कुरिरहेको बताए। मुख्यमन्त्रीको विश्वासको मतमा समर्थन गर्ने वा नगर्ने बारे पार्टीको धारणा भोलिसम्म थाहा भईहाल्ने उनले भने। नागरिक उन्मुक्ति पार्टी र नेकपा माओवादी केन्द्रको साथ खोजिरहेका शाहले दुबैबाट समर्थन नपाउँदा विश्वासको मत पाउने नपाउने टुङ्गो नलागेको हो। अब मुख्यमन्त्री शाहले बिश्वासको मत लिन केन्द्रमा राष्ट्रपतीको मनोनयन कुनुपर्ने भएको छ।
राष्ट्रपतीको मनोनयन वा उम्मेद्वार तय भएपछिमात्रै उनले विश्वासको मत लिने देखिएको छ। उनले केन्द्र सत्तासमिकरणलाई पर्खिनु पर्ने देखीएको छ। फागुन २५ गते राष्ट्रपति निर्वाचन रहेको छ। सुदुरपश्चिम प्रदेश सभा सदस्य प्रकाश बमले फागुन २५ गते राष्ट्रपति निर्वाचन भएकाले सबै प्रदेश सभा सदस्य काठमाण्डौ हुने बताए। त्यसैले फागुन २० भित्रै उनले सभामा विश्वासको मत लिनसक्ने बताए। मुख्यमन्त्री शाहले फागुन १६ देखि २० गतेको बिचमा सभामा विश्वासको मत पेश गर्ने तयारी गरेका छन। ३० दिनभित्र उनले विश्वासको मत लिनुपर्ने भएपनी फागुन २५ को मितिसम्मको अवधि कुर्ने मनसायमा छैनन्।
प्रदेशमा अहिले अल्पमतमा रहेका शाहलाई उन्मुक्ति वा माओवादी केन्द्रले समर्थन गरेमा उनी प्रदेशको मुख्यमन्त्री रहिरहनेछन् । नत्र उनको सरकार पनी ढल्ने देखीएको छ।उनलाई नेकपा एकीकृत समाजवादी पार्टी र स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन रहेको छ। यस अनुसार उनको पक्षमा २४ जना रहेका छन । विश्वासको मत पाउन उनलाइ २७ जना पक्षमा पुर्याउनुपर्नेछ । ५३ सदस्यीय रहेको प्रदेश सभामा नेपाली काँग्रेसका १९, माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका उपसभामुखसहित १०, उन्मुक्तिका सात, एकीकृत समाजवादीका ४, राष्ट्रिय प्रजातन्त्र पार्टी स्वतन्त्र १र१ जना प्रदेश सभा सदस्य रहेका छन्।