काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीको निलम्बन फुकुवा भएको छ। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले गृहमन्त्रालयबाट प्राप्त पत्र पढेर सुनाएसँगै सांसद चौधरीको निलम्बन फुकुवा भएको हो।
टयाक्टर जलाएको आरोपमा कैद सजाय सुनाइएका चौधरी फैसला कार्यान्वयनका लागि जेल परेकोमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आममाफी पाएर रिहा भइसकेका छन्। निलम्बन फुकुवा भएसँगै सांसद चौधरी अब निर्वाध रुपमा प्रतिनिधिसभाको बैठकमा सहभागी हुन पाउने छन्। टयाक्टर जलाएको आरोपमा कैद सजाय सुनाइएका चौधरी गत १९ माघ गते बाँकेबाट प्रहरीले पक्राउ गरेको थियो। तर, फैसला कार्यान्वयनका लागि जेल परेका चौधरीलाई गत साता पुष्पकमल दाहालको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आममाफी पाएपछि ७ फागुनमा रिहा भएका हुन्।