धनगढी। कैलाली निर्वाचन क्षेत्र नंम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अरुण कुमार चौधरीले आफु पुनः माननीयको हैसियतमा रहेको बताएका छन् । १८ दिने जेल बसाइपछि आइतबार रिहा भएका प्रतिनिधिसभा सदस्य चौधरीले सो कुरा बताएका हुन्।
ट्याक्टरमा आगजनी गरेको आरोपमा माघ १९ गते बाँकेबाट पक्राउ परेका चौधरी राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय माफी भएपछि आईतबार रिहा भएका हुन् । उनले भने, म पुनः माननीयको हैसियतमा रहेको छु, जनताको हक हितको लागि लामो समय आन्दोलनमा थिएँ उनले भने, आम जनता, मतदाताले मलाई अमूल्य मत दिई जिताउनुभएको छ। उहाँहरूको हित, हक अधिकारको लागि उहाँहरूसँगै हुनेछु । उहाँहरूसँग गरेको बाचा पूरा गर्न लाग्नेछु । उहाँहरूको हितलाई सर्वोपरि ठानेर संसद्मा निर्धक्कका साथ आवाज उठाउने मेरो ध्येय हो उनले भने।’
जुन १८ दिनको कारागारको बसाई रह्यो, जुन काननुमा धेरै कुरा परिमाजर्न गर्नुपर्ने देखीएको छ , किनकी २०७० सालमा त कैलाली जिल्ला अदालतले फैसला गरेसकेको कुरा आफुले जानकारी नपाएको बताए । त्यती खेर जानकारी पाएन उनले भने , जुन हिसाबले म जेल भित्र आए त्यो राजनितीक प्रतिसोध साँद्न गरिएको हो । २०७४ को कानुनमा पनी उल्लेख गरिएकाले त्यती खेर म आफ्नो सफाईका लागी प्रक्रिया चाल्थे या उच्च अदालतमा जान्थे । अहिले यो कुरा मिडियाबाट नै जानकारी पाएको बताए।
थरुहट थारुवान् आन्दोलन ताका २०६६ भदौ ३ गते कैलालीको लम्की चुहा नगरपालिकाका पूर्व मेयर महादेवको बजगाईँको लु २ त २११ नम्बरको ट्याक्टरमा आगजनी भएको थियो । सो घटनाका सम्बन्धमा ट्याक्टर मालिक बजगाईँले १ वर्षपछि २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा अरुण चौधरीसहित ३ जनाविरुद्ध मुद्दा दर्ता गरे। अदालतले सोही मुद्दाको सुनुवाइ गर्दै २०७० वैशाख ९ गते चौधरीसहित परशुराम चौधरी र वीर बहादुर चौधरीलाई जनही ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला सुनायो। घटना पश्चात् उनी २०७४ मा प्रदेशसभा निर्वाचनमा उम्मेदवार बने । लम्की चुहा नगरपालिकाको मेयरमा पनि उनी उम्मेदवार बने । नागरिक उन्मुक्ति पार्टीबाट २०७९ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका उनी यस पटक भने निर्वाचित भएका हुन्।