धनगढी : नेकपा एमालेका उपाध्यक्ष एवम् नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पाँच वर्ष सम्म अहिलेको गठबन्धन अघि बढ्ने बताएका छन् ।
नेकपा एमालेको ग्राउण्ड रूट अभियान अन्तरगत धनगढीमा आयोजित प्रदेशस्तरिय अभिमुखीकरण कार्यक्रमको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै पौडेलले राष्ट्र निर्माणका लागि अहिलेकै गठबन्धन अघि बढाईने बताएका हुन् । उनले अहिलेको गठबन्धननै राष्ट्रको आवश्यकता रहेकाले यहि गठबन्धन टिकाउने गरि अघि बढाउन जरूरी रहेको बताए । उनले संचारमाध्यमलाई हल्लाका पछि लागेर समाचार नबनाउन अनुरोध गरे ।
उनले राष्ट्रपति निर्वाचनमा सहमति अनुसारनै अघि बढ्ने बताए । उनले छिट्टै पार्टीले उम्मेदवारको पनि टुङ्गो लगाउने बताए । प्रधानमन्त्री पुस्पकमल दाहलले भनेको राष्ट्रिय सहमती सबैको साझा ब्यक्ती भनेको पौडेलले बताए । राष्ट्रपतिमा मात्रै नभएर देशको आर्थिक बिकासमा पनि राष्ट्रिय सहमती आवश्यक हुने उनको भनाई छ ।