अछाम। अछाममा ब्रेकफेल भएर ट्याक्टर दुर्घटना भएको छ। अछामको कमलबजार नगरपालीका ७ बाट खाद्यान्न सामाग्री लिएर वडा न १० सेरा फल्टाने जाँदै गरेको अन्टेस्ट ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कमल बजार वडा नम्बर १० का २१ बर्षीय बृख बहादुर बिष्ट रहेका छन्। उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै ट्याक्टर दुर्घटनामा ४ जना घाईते भएका छन् । घाईते हुनेमा कमलबजार वडा नम्बर १० का ट्याक्टरका मालिक २८ बर्षिय भक्त बिष्ट, सोही ठाउँका खडक चलाउने, कृष्ण भण्डारी, बिर्ख बिष्ट रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कैलास सिँह बिष्टले बताएका छन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको अछाम प्रहरीले जनाएको छ ।