कैलाली। कैलालीको टीकापुरमा नागरिक उन्मुक्ति पार्टी आज आफ्नो पहिलो स्थापना दिवस मनाइरहेको छ। पार्टीको प्रधान कार्यालय कैलालीको टीकापुरमा एक कार्यक्रमका बीच सुशासन, समृद्धि, पहिचानको नारासहित स्थापना दिवस मनाइरहेको हो।
स्थापना दिवस कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य रन्जिता चौधरी, महासचिव रतन थापा केन्द्रीय प्रवक्ता दामोदर पण्डित उपस्थिती रहेको छ। यस्तै कार्यक्रममा सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता रामेश्वर चौधरीसहितका सांसद र लुम्बिनी प्रदेशबाट पनि प्रदेशबाट पनि प्रदेशसभा सदस्यहरू उपस्थित रहेको छ। कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठले पहिलो बर्ष पाएको सफलता अझै बढ्दै जाने बताइन्। हामीले जनताको मुद्धा बोकेको बताउँदै आम जनताको साथले अझै अघि बढ्दै जाने अपेक्षा गरेको बताइन्।
स्थापना भएको एक वर्षभित्रै पाएको यो सफलताले अझै उत्साहित बनाएको पार्टी प्रवक्ता दामोदर पण्डितको भनाई छ। आज स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको बताइएको छ।एक वर्ष पहिलो आजकै दिन निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीलाई दल दर्ताको प्रमाण पत्र दिएको थियो । त्यसलगत्तै नागरिक उन्मुक्ति पार्टीले वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा कैलालीका ३ पालिकामा प्रमुख र उपप्रमुख तथा एक पालिकामा प्रमुख जितेको थियो। मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा प्रदेश तर्फ सुदूरपश्चिममा प्रत्यक्ष ५ र समानुपातिक २ सांसद पाउँदा प्रतिनिधि सभातर्फ प्रत्यक्ष ३ सांसद जितेको थियो । लुम्बिनी प्रदेशमा पनि प्रत्यक्षतर्फ प्रतिनिधि सभामा १ र प्रदेशमा २ सांसद जित्दा २ सांसद समानुपातिक थपिए। मधेस प्रदेशमा पनि नागरिक उन्मुक्तिका एक सांसद रहेका छन् ।