कैलाली। कैलालीमा बाघको छालासहित दुई जना पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले आज सोमबार बिहान बाघको छालासहित २ जनालाई पक्राउ गरेको हो।
बिशेष सुचनाको आधारमा गोदावरी नगरपालिका २ बसपार्कबाट ३ फिट ५ इन्च लम्बाई भएको बाघको छालासहित अछाम चौरपटी गाउँपालिका ५ बस्ने १८ वर्षीय सुनिल बोहरा र सोही स्थान बस्न १९ वर्षीय सुवाश बोहरा लाई नियन्त्रणमा लिएको जनाएको छ। उनीहरुलाइ वन्यजन्तु ओसारपसार कसुरमा आवश्यक कार्वाहीको लागि इलाका प्रहरी कार्यालय मालाखेतिमा बुझाइएको प्रहरीले जनाएको छ।