कञ्चनपुर। कञ्चनपुरमा प्रहरीले मोटरसाइकलसहित साढे ७४ हजार बढी अबैध समान जफत गरेको छ। बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरी गस्ती टोलीले मोटरसाइकलसहित ७४ हजार ७५० मुल्यका भन्सार छलीका सामान प्रहरीले जफत गरेको हो।
इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीबाट खटिएको प्रहरी टोलीले तरकारी, फलफुल र २ थान मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ। जिल्लाको दोधारा–चाँदनी नगरपालिका–३ जमुनाघारीबाट भन्सार छलीका सामान लुकाई छिपाई ल्याउदै गरि राखिएको अवस्थामा प्रहरीले जफत गरेको हो। सामान जफत गरेर कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौधी पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी एवं प्रहरी निरीक्षक पुष्करराज पन्तले बताएका छन्।