धनगढी। राष्ट्रिय स्वतन्त्र पार्टीको सुदूरपश्चिम महामन्त्री तथा संगठन विभाग प्रमुखमा बैतडीका भोजराज जोशी (क्वालीटी) चयन भएका छन् । धनगढीमा सम्पन्न पार्टीको विस्तारित बैठकले जोशीलाई महामन्त्रीमा चयन गरेको हो।
पार्टीको सुदूरपश्चिम सभापतिमा भने इन्जिनियर प्रकाश बिष्ट चयन भएका महामन्त्री जोशीले जानकारी दिए।
कैलालीको टीकापुरका स्थायी बासिन्दा बिष्ट यसअघि विभिन्न सामाजिक काम सक्रिय रहँदै आएका बताइएको छ। सुदूरपश्चिममा पार्टीको ४६ सदस्यीय प्रदेश समितिमा अहिले ३५ जना अटाएका र केही पदमा मनोनयन गर्न बाँकी रहेको महामन्त्री जोशीले बताए। यसअघि विभिन्न सामाजिक काममा सक्रिय रहेका जोशीले अब पार्टीको संगठन विस्तारमा ध्यान दिने बताए। सुदूरपश्चिमका ९ ओटै जिल्लामा पार्टीको संगठन विस्तारका लागि काम गर्ने उनले बताए।