धनगढी। सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमल शाहले पद तथा गोपनीयताको शपथ लिएका छन्। शुक्रबार प्रदेश प्रमुखको कार्यलयमा प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्री शाहलाई सपथ खुवाएका हुन् ।
मुख्यमन्त्री शाहले शुक्रवारनै दुई सदस्यीय मन्त्रिपरिषद पनि विस्तार गरेका छन् । उनले कांग्रेसबाट भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवा र नेकपा एकीकृत समाजवादीबाट नरेश शाही आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त गरेका छन् ।
मन्त्रीमा नियुक्त भएकाहरुले पनि आजनै पद तथा गोपनियताको शपथ लिएका छन् ।
पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका नेता राजेन्द्र रावलले हिजो प्रदेश प्रमुख जोशीलाई आफ्नो राजीनामा बुझाएका थिए। विश्वासको मत लिन संसदमा प्रस्ताव पेश गरेका रावलको प्रस्ताव नै बहुमतले अस्वीकृत गरेपछि रावलले राजीनामा बुझाएका हुन् । संविधानको धारा १६८ को ३ अनुसार मुख्यमन्त्री नियुक्त भएका कांग्रेस संसदीय दलका नेता शाहले पनि ३० दिन भित्र विश्वासको मत लिनु पर्ने छ।