धनगढी। कैलालीको अत्तरियामा सवारी दुर्घटना हुँदा एक जना घाइते भएकी छन्। कैलालीको अत्तरिया चोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ घोडाघोडीकी ३० बर्षीया चम्पा सुनार घाइते भएकी हुन्।
अम्बर आयल स्टोर अगाडी ना ५ ख २९२४ नम्बरको ट्रकले से ५ प ६९२ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको हो। मोटरसाइकलमा सवार घोडाघोडीकी ३० बर्षीया सुनार घाइते भएकी प्रहरीले बताएको छ। घाइते सुनारको पद्मा अस्पतालमा उपचार भइरहेको छ। उनको कम्मर मुनीको भागमा चोट लागेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले बताएको छ। मोटरसाइकल चालक डोटीको बुडरका ३० बर्षीय लोकेश बिक सकुशल रहेको प्रहरीले जनाएको छ। ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मालाखेतीले बताएको छ।