अत्तरिया। कैलालीको गोदावरीमा ‘प्याब्सन फेस्टिबल’ समापन गरिएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) गोदावरी नगर कमिटीले आयोजना गरेको नगरस्तरिय ‘प्याब्सन फेस्टिबल’ शुक्रबार एक कार्यक्रम गरी समापन गरिएको हो।
गोदावरी प्याब्सन नगर कमिटीका अध्यक्ष श्यामबहादुर खत्रीको अध्यक्षता समापन भएको उक्त प्याब्सन फेस्टिवल समापन कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति टिएन जोशी प्रमुख अतिथि थिए। प्रमुख अतिथि जोशीले मानिसकालागि स्वस्थ र खेलकुद अत्यन्त अपरिहार्य भएको बताए।पछिल्लो समय विद्यालयहरुले यस्ता अत्यन्त क्रियाकलापहरुलाई प्रवद्र्धन गर्दै आइरहेकोमा खुसी ब्यक्त गरे । ‘विद्यार्थीहरुमा अनुशासन हुनुपर्ने महत्वपुर्ण कुरा हो’, उनले भने । ‘विद्यार्थीहरुले अनुशासित भएर पढाइलाई मुख्य केन्द्रबिन्दु बनाएर यस्ता अतिरित्त क्रियाकलापहरुमा सहभागी गराएमो विद्यार्थीहरुको भविष्य उजागर हुन्छ ।’माघ ४ गते बाट सुरु भएको फेस्टिबल माघ १० गते सम्म संचालन भएको थियो।यस्तै जेके माध्यमिक बिद्यालयका प्रिन्सीपल दिपक ओझाले पनी शुभकामना मन्तब्य ब्यक्त र पुरस्कारबितरण गरेका थिए । बिद्याथीहरुले शिक्षाका साथसाथै अतिरिक्त कृयाकलापमा विश्वास समर्पण र गर्वका मेहनत गरेर अघि बढेमा सफल भइने बताए ।
उनले २०४८ सालमा स्थापना भएको जेके माध्यमिक बिद्यालयले पनी शिक्षा क्षेत्रकासाथ साथै अतिरिक्त कृयाकलापमा जोड दिदै आएको बताएका छन् । माध्यमिक विद्यालय लामो गौरवशाली इतिहासको साथ, विद्यार्थीको उत्कृष्ट क्यारियर सुनिश्चित गर्न गुणात्मक र प्रतिस्पर्धी शिक्षामा समर्पित रहेको बताएका छन् । प्याब्सन फेस्टिवलमा गोदावरी नगर क्षेत्रका प्याब्सनमा आवद्ध १६ विद्यालयहरुको सहभागिता रहेको थियो । प्याब्सन फेस्टिवलमा खेलाईएको खेलहरुमा फुटबल, चित्रकला, सय मीटर दौड, भलीबल, रीले दौड, हाई जम्प, वतित्वकला प्रतियोगिता, निबन्ध लेखन लगायत प्रतिभाहरु प्रतिस्पर्धा भएको हो। फेस्टिबलमा ३ विधा अन्तरगत २६ वटा खेल खेलाईएको हो।
उक्त खेलहरुमा प्रथम, दोस्रो, तेस्रो संगै उत्कृष्ट प्रतिभा दिएका सहभागी विद्यालयका विद्यार्थीहरुलाई समेत मेडल, ट्रफी पुरस्कृत र विभिन्न व्यक्तिहरुलाई सम्मान पत्र वितरण गरिएको थियो । साथै समापन कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले आफ्नो सांस्कृतिक नृत्य प्रतिभा समेत झल्काएको थिए । यस्तै कार्यक्रममा विशिष्ठ अतिथिमा प्याब्सनका केन्द्रीय उपा–अध्यक्ष जगबिर थापा रहेका थिए । कार्यक्रममा विभिन्न विद्यालयहरुका संस्थापक, प्रिन्सिपल, शिक्षक लगायत व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । समापन कार्यक्रमको सञ्चालन किड्स जोन विद्यालयका संचालक मदन जोशी ले गरेका हुन् ।