धनगढी। सुदुरपश्चिम प्रदेश स्तरीय नृत्य र गायन विधाको प्रतियोगिता वाईवाई एसईई आईडलको आज अत्तरियामा २ वटा अडिसन सम्पन्न भएका छन्। प्रभात मिडिया एण्ड ईभेन्ट प्रा लिले आयोजना गरेको आईडलको छैठौ र सातौँ अडिसन क्रमश:अत्तरियाको एभरेष्ट एकेडेमी र मझ गाउँको समैजी माविमा सम्पन्न भएका छन्। यस अघि धनगढी विभिन्न विद्यालयमा चार वटा अडिसन सम्पन्न भईसकेका छन् । २०८० पुसमा सुरु भएको यस कार्यक्रमका अडिसन २०८० जेष्ठ सम्म सुपका ९ वटै जिल्लामा आयोजना हुनेछन् भने २०८० असार २ गते फाईनल धनगढीमा सम्पन्न हुनेछ ।सुदूर पश्चिमका कुना काप्चामा लुकेर रहेका नृत्य र गायन प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजित यस प्रतियोगिताका २५ अडिसनमा सहभागी नृत्यहरु मध्ये उत्कृष्ट २० र गायन प्रस्तुती मध्ये उत्कृष्ट १० प्रस्तुतीलाई मात्र फाईनलमा समावेश गरिनेछ ।नृत्य तर्फको विजेता र उप(विजेताले नगद पुरुस्कार क्रमशस् रु. ५० हजार र रु. २५ हजार सहित ट्रफि, विभिन्न गिफ्ट ह्याम्पर पुरुस्कार पाउनेछन् भने गायन तर्फको विजेता र उप(विजेताले नगद पुरुस्कार क्रमशस् रु २ण् हजार र रु. १० हजार सहित ट्रफि, विभिन्न गिफ्ट ह्याम्पर हात पानेछन् । साथै दुवै विधाका विजेता र उप(विजेताहरुले कक्षा ११ मा छात्रवृत्ति पनि पाउनेछन्। यस कार्यक्रममा एसपिए र रेडिकल एकेडेमीको पनि सहयोग रहेको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.