धनगढी। नेपाल राष्ट्रीय तथा अन्तराष्ट्रीय खेलाडी संघ कैलालीले जिल्ला खेलकुद समितीका सहायक प्रशिक्षक शेर बहादुर सिँहको कलेजो प्रत्यारोपणकालागी आर्थिक सहयोग गरेको छ।
भारतको दिल्लीमा कलेजो प्रत्यारोपणको उपचाररत रहेका सिँहको उपचार खर्चको सहयोगको लागी धनगढीमा खेलाडी संघले ५१ हजार सहयोग गरेको हो । खेलाडी संघका अध्यक्ष दुर्गा शर्मा, उपाध्यक्ष रामचन्द्र जोशी, महासिचब बम बहादुर बोगटी, खेलाडी संघका निबर्तमान अध्यक्ष प्रकाश कुमार चन्द, जिल्ला खेलकुद बिकास समिती कैलालीका कार्यालय प्रमुख दिपक सिँहले सँयुक्त रुपमा चेक हस्तान्तरण गरेका हुन्। धनगढी रंगशालामा एक कार्यक्रमका बिच बिरामीका भाई तिलक सिँहलाई उक्त रकमको चेक हस्तारन्तरण गरिएको खेलाडी संघका निबर्तमान अध्यक्ष प्रकाश कुमार चन्दले जानकारी दिए। उनका अनुसार हिजो फे्रब्रुअरी २ तारिखका दिन जिल्ला खेलकुद समितीका सहायक प्रशिक्षक सिँहको कलेजो प्रत्यारोपण कार्य सफलता पूर्ण सम्पन्न भएको समेत बताए। उपचारमा संलग्न सम्पूर्ण चिकित्सक लगाएत सहयागी सबैमा हार्दिक धन्यवाद ब्यक्त गरेका छन्।